काठमाडौँ । काठमाडौँ महानगरले विश्वकप २०२४ को नेपालको पहिलो खेल टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
महानगरपालिका र ओपन डोर इन्टरनटेनमेन्टले युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा टुँडिखेलमा प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।
कार्यक्रममा मेयर बालेन्द्र साह (बालेन) पनि सहभागी हुने ओपन डोर इन्टरनटेनमेन्टले जनाएको छ ।
इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले र ब्योमा अधिकारीको साङ्गीतिक प्रस्तुति रहने टुँडिखेलमा खाजा तथा खानाको स्टल समेत रहनेछ ।
निःशुल्क प्रवेश रहेको टुँडिखेलमा ५ बजेबाट गेट खुल्नेछ । नेपाल र नेदरल्याण्ड्सको खेल भोलि साँझ ९ः१५ देखि हुनेछ ।