काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार १ लाख ४१ हजारमा कारोबार भएको थियो ।
यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ८६० रुपैयाँ कायम भएको छ ।