२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी अमेरिकी निर्वाचनपछि पनि रुस-अमेरिका सम्बन्धमा कुनै परिवर्तन नहुने पुटिनको भनाई 

अ+ अ-

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जोसुकैले जिते पनि रुस–अमेरिका सम्बन्धमा कुनै परिवर्तन नहुने बताएका छन् । पुटिनले सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रमपछि ‘एसोसिएटेड प्रेस’लगायत अन्तर्राष्ट्रिय समाचार संस्थाका पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएका हुन् । 

पुटिनले भने, ‘अमेरिकी जनताले जसलाई राष्ट्रपति चुन्छन्, हामी उहाँसँग काम गर्नेछौं ।’ यसअघि पुटिनलाई डोनाल्ड ट्रम्पसँग नजिक रहेको आरोप लाग्ने गरेको छ ।अमेरिकी चुनावमा रुसी ह्याकरहरूको प्रयोग हुने गरेको पनि चर्चा हुने गरेकाले पुटिनलाई ट्रम्पसँग जोड्ने गरेका थिए । तर, पुटिनले स्पष्टरुपमा अमेरिकी नेतृत्व जो आए पनि फरक नपर्ने भन्दै विगतका आरोपबाट पनि मुक्त हुन खोजेको रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गर्न थालेका छन् । 

रुसी नेताले यस वार्षिक फोरममार्फत रुसको विकास देखाउने र लगानीकर्ताहरूलाई आकर्षित गर्ने प्रयास गरेका थिए । पत्रकारहरूसँग भेटघाटहरू अघिल्लो सत्रहरूको भाग भए पनि, पुटिनले युक्रेनमा सेना पठाएपछि सेन्ट पिटर्सबर्गमा आयोजित कार्यक्रममा पश्चिमी पत्रकारहरूको प्रश्नको जवाफ भने दिएनन् ।