२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनसेल र नेपाल युवा परिषद्को सहकार्यमा ७७ जिल्लामै वृक्षारोपण गरिने

अ+ अ-

काठमाडौँ । ‘राष्ट्रिय वृक्षारोपण दिवस पारेर एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ वृक्षारोपण गर्ने भएको छ । 

‘एक युवा, एक बिरुवा’ अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते  ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर वृक्षारोपण गर्न लागेको हो ।  

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रत्येक जिल्लाका १०० जना युवालाई एक बिरुवा वृक्षारोपणका लागि उपलब्ध गराउने छ । यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।  वृक्षारोपण गरिएका हरेक बिरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवा स्वयंको हुनेछ । यस किसिमको जिम्मेवारी सहितको राष्ट्रिय स्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिश्चित गर्ने विश्वास एनसेल र युवा परिषद्को रहेको छ ।

‘यस किसिमको सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियानले हाम्रो सामाजिक उत्तरदायित्व अझै बढी ग्रामीण परिवेशसम्म पुग्ने र आम जनताले समेत यसको प्रत्याभूति गर्ने हुँदा यो अभियानमा परिषद्सँग एकसाथ भएर काम गर्न पाउँदा खुसी लागको छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् ।  

नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखी वृक्षारोपण अभियान संचालन गर्न लागिएको नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताएका छन् । कार्यक्रमले स्थानीय स्तरमा रहेका युवाहरूलाई वातावरण संरक्षणमा जोड्दै युवाहरूलाई सामाजिक रूपान्तरणमा समेत एक्यबद्वता गराउने उद्देश्य राखेको छ ।