२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छापिएनन् २ लाख ६० हजार लाइसेन्स कार्ड, आपूर्ति नहुँदा सेवा प्रवाहमा असर

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले हाल विदेश जाने व्यक्तिसहित अत्यावश्यकलाई मात्र स्मार्ट कार्ड वितरण गर्ने गरेको छ । सन् २०२२ जुलाई देखिएका नयाँ तथा नवीकरण गरेका सवारी चालकहरूको अनुमति पत्र छपाइ नहुँदा अत्यावश्यकलाई मात्र विभागले कार्ड उपलब्ध गराएको हो । आवश्यक संख्यामा कार्डको आपूर्ति नहुँदा सेवा प्रवाहमा असर परेको छ भने सवारी चालकहरूले अनावश्यक तनाव भोग्नु परेको छ ।

विभागले एक विदेशी कम्पनीसँग २०८० भदौ १८ भित्र १२ लाख स्मार्ट कार्ड आपूर्ति गर्ने गरी २०७९ फागुन १० मा अमेरिकी डलर १४ लाख ९८ हजारको सम्झौता गरेको थियो । सम्झौता अवधिभित्र कार्ड आपूर्ति हुन नसकी दुई पटक गरी १७२ दिन म्याद थप पनि भएको थियो ।

२ लाख ६० हजार कार्ड छपाइ नभएको महालेखापरीक्षकको ६१औँ प्रतिवेदनमा उल्लेख छ । ‘चालक अनुमति पत्र मागको आधारमा यो वर्षसम्म १४ लाख ६० हजार कार्ड छपाइ हुनुपर्नेमा सम्झौताअनुसार १२ लाख कार्ड मात्र आपूर्ति हुने भएकोले २ लाख ६० हजार कार्ड अपुग हुने अवस्था छ,’ महालेखापरीक्षकको ६१औँ प्रतिवेदनमा भनिएको छ, ‘विभागले हाल विदेश जाने व्यक्तिसहित अत्यावश्यकलाई मात्र कार्ड वितरण गरिरहेकोले २०२२ जुलाईदेखिका नयाँ तथा नवीकरण गरेका सवारी चालकहरूको अनुमति पत्र छपाइ भएको छैन । आवश्यक संख्यामा कार्डको आपूर्ति नहुँदा सेवा प्रवाहमा असर परेको छ ।’

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को परिच्छेद ४ मा सवारी चालक अनुमति पत्र सम्बन्धी भएको व्यवस्थाबमोजिम यातायात व्यवस्था विभागबाट अनुमति पत्रहरूको छपाइ, वितरण तथा तथ्यांक भण्डारणसम्बन्धी कार्यहरू हुनुपर्ने हो । तर, व्यवस्था कार्यान्वयन नगरेको विषयमा संवैधानिक निकायले प्रश्न उठाएको हो ।