काठमाडौँ । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यी देशमा काँग्रेस-माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए ।







