२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानले न्युजिल्याण्डलाई दियो १६० रनको लक्ष्य 

अ+ अ-

 काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजिल्याण्डलाई १६० रनको लक्ष्य दिएको छ । प्रोभिडेन्समा जारी खेल टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायो ।

अफगानिस्तानले उत्कृष्ट सुरुआत गर्दै पहिलो विकेटका लागि शतकीय साझेदारी गरेको थियो । अफगानिस्तानका रमनुल्लाह गुर्वाज र इब्राहिम जर्दानले पहिलो विकेटका लागि १०३ रनको साझेदारी गर्दै खेललाई अघि बढाए । १४.३ ओभरमा इब्राहिम जर्दान ४१ बलमा ४४ रनको पारि खेलेर आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए ।

गुर्वाजलाई साथ दिन अज्मतुल्लाह ओमरजाई आएका थिए । यी दुई खेलाडीले २४ रनको मात्रै साझेदारी गरे । अज्मतुल्लाह १२ बलमा २२ रन बनाएर आउट भएका थिए । उनले दुई छक्का र एक चौका प्रहार गरे । मोहम्मद नावी गोल्डेन डकआउट भएपछि अफगानिस्तानले १७.४ ओभरमा टिमको स्कोर १३६ रन हुँदा तेस्रो विकेट पतन भयो । कप्तान रासिद खान ५ बलमा ६ रन बनाउँदै रन आउट भए । उनले एक चौका प्रहार गर । 

एक छेउमा टिकेका रमनुल्लाह गुर्वाज १९.२ औं ओभरमा आउट भएका थिए । उनले ५६ बल फेस गर्दा पाँच छक्का र पाँच चौकाको मद्दतले ८० रनको शानदार पारि खेले । उनलाई ट्रेन्ट बोल्टले पभेलियन पठाएका थिए ।

न्युजिल्याण्डका माट हेनरी र ट्रेन्ट बोल्टले दुई दुई विकेट लिँदा लोकी फर्गुसनले एक विकेट हात पारे ।

अफगानिस्तान लागतार दोस्रो जितको खोजीमा छ भने न्युजिल्याण्ड पनि पहिलो खेलमै जित निकाल्दै विश्वकप २०२४ को यात्रा सुरु गर्ने लक्ष्यमा छ । समूह सीमा अफगानिस्तानले पहिलो खेलमा युगान्डालाई पराजित गरेको थियो ।