१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि प्राध्यापक संघको चुनाव साउनभित्र गर्ने सहमति

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको निर्वाचन साउनभित्र गर्ने सहमति भएको छ । ७ र ८ असारमा तोकिएको दोस्रो पटकको चुनाव पनि प्रतिनिधि छनोट विवादका कारण स्थगित भएपछि शनिबार निर्वाचन समिति र आन्दोलनरत पक्षबीच छलफल भएको थियो ।

सो छलफलले असारभित्र प्रतिनिधि छनोटको विवाद टुङ्ग्याउने र साउनभित्र चुनाव गर्ने सहमति गरेको हो ।

शनिबार आन्दोलनरत प्राध्यापक तथा निर्वाचन समितिबीच भएको वार्तामा प्रतिनिधि छनोटमा विवाद भएका विश्वविद्यालय क्याम्पस कीर्तिपुर, त्रिचन्द्र लगायतको क्याम्पसमा विधान अनुसार प्रक्रिया पुर्‍याएर प्रतिनिधि पठाउन लगाउने, अन्य इकाईहरूको प्रतिनिधि छनोट पनि विधान अनुसार भएको वा नभएको हेर्ने र विवादित देखिए त्रिवि प्राध्यापक संघ केन्द्रीय समिति र निर्वाचन समितिले विधान अनुसार टुंगो लगाउने सहमति भएको छ ।

साउनको पहिलो हप्ता नामावली प्रकाशन गर्ने र चुनावको कार्यक्रम तय गरेर निर्वाचनको लागि जिल्लागत केन्द्र (बहु निर्वाचन केन्द्र) कायम गरी साउनभित्र चुनाव सक्ने सहमति भएको छलफलका एक सहभागीले बताए ।

सहमतिपछि प्रजातन्त्रवादी प्राध्यापक संघका महासचिव राजेन्द्र गौतमको नेतृत्वको समूहले विभिन्न क्याम्पसमा लगाएको ताला खोलेका छन् । ९ मंसिर २०८० मा पनि प्रतिनिधि छनोटलाई लिएर विवाद भएपछि चुनाव स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस