९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचार नियन्त्रण गर्न सत्ता र प्रतिपक्षी दल मिलेर लागौँ’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले भ्रष्टाचार र अनियमितता मुलुक समृद्धिको बाधक भएकाले यसको नियन्त्रणका लागि सत्ता र प्रतिपक्षी दल सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद सुवेदीले नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याललगायत विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको सम्बन्धमा कर्मचारीतन्त्रको सबभन्दा माथिको व्यक्ति नै मुछिनु दुःखद भएको बताए । उनले सुशासनका निम्ति भ्रष्टाचार तगारो रुपमा देखिएकाले सत्ता पक्ष र प्रतिपक्षी दल मिलेर यसका विरुद्ध लाग्नुपर्ने खाँचो औँल्याए।

उनले अछाममा छाउगोठमा बसेकी एक किशोरी आफन्तबाट बलात्कृत भएको घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै छानबिन गरी कारबाहीको माग गरे ।

यस्तै नेपाली कांग्रेसका सांसद कमला पन्तले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको उल्लेख गर्दै यसको नियन्त्रण गर्न राजनीतिक र प्रशासनिक दुवै तवरबाट लाग्नुपर्नेमा जोड दिइन् । उनले यी दुवै पक्षबीच समझदारी र समन्वय नभई भ्रष्टाचार हुन नसक्ने उल्लेख गर्दै यसका कारणहरु पत्ता लगाएर भ्रष्टाचार नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताइन् ।

सांसद पन्तले मुख्यसचिव डा अर्याललगायत विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको घटना दुःखद भएको जिकिर गर्दै यसले सम्पूर्ण निजामती क्षेत्रको शिर निहुरिएको उल्लेख गरीन् । उनले नीतिगत भ्रष्टाचारको समेत अनुसन्धान गर्ने, सुनुवाइ गर्ने र मुद्दा समेत चलाउन सक्ने अधिकार सम्पन्न विधेयकको आवश्यकता औँल्याइन् ।

प्रतिक्रिया दिनुहोस