काठमाडौँ । सरकारी नम्बर प्लेटको गाडीले नै ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि कारबाही गरेको ट्राफिक प्रहरीले बताएको छ । महानगर ट्राफिक प्रहरी डिभिजनले सरकारी नम्बर प्लेटको सवारीलाई कारबाही गरेको बताएको हो ।
आफ्नो फेसबुक पेजमार्फत डिभिजनले कारबाही गरेको दाबी गरेको छ । सामाजिक सञ्जालमा बा १ झ ७६७५ नम्बरको सरकारी सवारीले ट्राफिक नियम मिचेर अर्को लेनमा क्रस गरेको भिडियो भाइरल बनेको थियो ।
यसबारे सामाजिक सञ्जालमा चौतर्फी दबाब र गुनासो आएपछि कारबाही गरेको ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।