काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा रहने–नरहने विषयमा आज निर्णय गर्दै छ ।
शुक्रबार (आज) दिउँसो बस्ने पदाधिकारीको बैठकले सरकारबारे निर्णय गर्ने जसपाका महासचिव इस्तियाक राईले बताए । उनले भने, ‘वर्तमान नयाँ गठबन्धनप्रति जसपा सकारात्मक छ तर त्यसको आधिकारिक निर्णय नभएसम्म केही भन्न सकिँदैन ।’
पार्टीको आधिकारिक निर्णय नआएसम्म यही हो भनी भन्न सकिने अवस्था नरहेको बताउँदै उनले पार्टीका अन्य पदाधिकारी तथा नेताहरूको कुरा बुझेर निर्णय आउने बताए ।







