२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस-एमालेद्वारा मुख्यमन्त्री सोडारीको राजीनामा माग 

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन काँग्रेस र एमालेले माग गरेका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै काँग्रेस संसदीय दल र एमाले संसदीय दलले मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन् ।

केन्द्रमा भएको समीकरण परिवर्तनसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको र सोडारी सरकार कामचलाउ भइसकेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिइएको छ ।

‘मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न यसै प्रेस विज्ञप्तिमार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौँ’, काँग्रेस संसदीय दलका नेता कमल शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाजबाहेक अन्य कुनै पनि कार्य सम्पादन नगर्न र नगराउनसमेत आग्रह गर्दछौँ ।’

एमाले, माओवादी, र नाउपा रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता सोडारी असार २० गते एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छन् ।