काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पनि आजै सरकारमा जाने भएको छ । दुई मन्त्रालय लिएर आफूहरू पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको सांसद प्रदीप यादवले बताए ।
सांसद यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा जाँदै छन् ।







