काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा पहिलो पटक मन्त्री बनेकी छन् ।
केपी ओलीको सरकारमा उनले परराष्ट्रमन्त्री पदको शपथ खाइन् । रोजेको मन्त्रालय पाएकी आरजु मन्त्रीपरिषद्को सातौँ वरियतामा रहने छिन् ।
६२ वर्षीया आरजु नेपाली काँग्रेसकी समानुपातिक सांसद हुन् । काँग्रेस र एमालेको गठबन्धन निर्माणमा उनको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ ।
एमाले अध्यक्ष ओलीसँग ‘निर्णायक’ वार्ता गर्न उनी श्रीमान् देउवासँगै बालकोट पुगेकी थिइन् । देउवाका श्रीमान्-श्रीमती गत १५ असारको राति ओली निवास छिरेर लामो वार्तालाप गरेपछि नै राजनीतिमा नयाँ ट्वीस्ट आएको थियो ।