२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गंगालाल अस्पतालमा १२ घण्टा शल्यक्रिया सेवा सुरु

अ+ अ-

काठमाडौँ । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आजदेखि १२ घण्टा शल्यक्रिया सेवा दिने भएको छ ।

अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या बढिरहेकाले समय बढाउनुपरेको अस्पतालले जनाएको छ ।

अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभाग प्रमुख डा. रामेश कोइरालाका अनुसार साउन १ देखि बिहान ८ बजेबाट राति ८ बजेसम्म अपरेसन थिएटर सञ्चालन गर्ने निर्णय भएको हो ।

कार्डियोभास्कुलर सर्जरी विभागमा दिनानुदिन शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढ्दै गइरहेको, बिहान ९ बजे सुरु गर्दा एउटा थियटरमा सरदर दुइटाभन्दा बढी शल्यक्रिया गर्न नसकिने भएकाले सेवा अवधि बढाउने निर्णय गरिएको उनको भनाइ छ ।

हाल अस्पतालमा सञ्चालित तीन वटा थियटरबाट दैनिक ६-७ वटा शल्यक्रिया हुँदै आएको छ ।

अपरेसन थिएटरमा बिहान ७ बजेदेखि राति ९ बजेसम्म नर्सिङ स्टाफ तथा अन्य सहयोगी कर्मचारीहरूको व्यवस्था गरिदिन साथै उनीहरूको यातायातको प्रबन्धसमेत मिलाइदिन अस्पतालले अनुरोध गरेको छ ।

अस्पतालले तीन वटा युनिट गठन गरेर अपरेशन र ओपिडी सेवा प्रवाह गर्ने भएको हो ।

युनिट १ मा डा. रविभक्त टिमिला (युनिट इन्चार्ज), डा. सिद्धार्थ प्रधान, डा. निर्मल पन्थी, डा. विशाल सिंह र डा. मारिशा अर्याल रहेका छन् ।

यस्तै युनिट २ मा डा. रामेश कोइराला (युनिट इन्चार्ज), डा. आभाष कार्की, डा. अपूर्व ठाकुर, डा. अल्का सिंह र डा. धर्मेन्द्र जोशी छन् ।

युनिट ३ मा डा. नविनचन्द्र गौतम (युनिट इन्चार्ज), डा. विश्व पोखरेल, डा. निवेश राजभण्डारी, डा. ऋचा जोशी र डा. निशेष बस्नेत छन् ।