काठमाडौँ । नेपाल सरकारका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदले अवकाश हुने सचिव अधिकारीले पाँच महिना अगावै राजीनामा दिएका हुन् ।
नेपाल कानुन आयोगमा कार्यरत अधिकारीको राजीनामा मन्त्रिपरिषद्ले आइतबारदेखि लागू हुने गरी स्वीकृति गरिसकेको उच्च स्रोतले जानकारी दिएको छ ।
लामो समय सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव रहेका अधिकारी साढे तीन वर्षयता आयोगमै सीमित रहेका थिए ।