१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एआईजीपीमा बढुवा नभई अवकाश पाएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) बढुवाका लागि सिफारिस भएपछि नियुक्ति नपाई एआईजीपीबाटै अवकाश पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

एआईजीपी बढुवामा सिफारिस हुँदा समेत नियुक्ति नदिएका कारण एआईजीपीबाटै अवकाश भएको भन्दै पोखरेलले ६ साउनमा सर्वोच्च अदालत रिट निवेदन पेश गरेका थिए । तर सर्वोच्च अदालत प्रशासनले उनको रिट दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको थियो ।

आफ्नो रिट दरपीठ भएपछि पोखरेलले दरपीठविरुद्ध अर्को निवेदन दिएका थिए । मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पोखरेलको माग बमोजिम रिट निवेदन दर्ता गर्न आदेश दिएको हो । अब पोखरेलको रिट दर्ता हुनेछ ।

१० असारमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

सिफारिस अनुसार बढुवा भएको भए उनी २० र २१ असारमा दुई दिनका लागि एआईजी हुने थिए । तर यही बीचमा सत्ता साझेदार प्रमुख घटक एमालेले समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरेलको एआईजीपी बढुवामा कुनै निर्णय गरेन । त्यही कारण पोखरेल १९ असारदेखि अनिवार्य अवकाशमा गए ।

बढुवा सिफारिसमा परे पनि बढुवा नगरेका कारण अवकाश हुनुपरेको भन्दै पोखरेल प्रधानमन्त्री कार्यालय समेतलाई प्रतिवादी बनाउँदै सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस