२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लालीगुराँस सहकारी ठगीमा नौविरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौँ । ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी सहित नौ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको  कार्यालय  ललितपुरले नेपाली कांग्रेस सहकारी विभागका पूर्वसचिव समेत रहेका भण्डारी सहित नौविरुद्ध मुद्दा दायर गरेको हो ।

सहकारी अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष हजुरी विष्ट, सचिव तथा सीईओ सुरेन्द्र भण्डारी,  कोषाध्यक्ष अमृतकुमार अर्याल, सञ्चालकहरू कदम जोशी (प्रधान) र भोलाकुमार श्रेष्ठलाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको हो ।

त्यसैगरी सहकारीका लेखा समिति संयोजक पुण्यप्रसाद पोखरेल, लेखा समिति सदस्य विद्यादेवी पाण्डे र तिमिला रञ्जितलाई प्रतिवादी बनाउँदै रिट दायर गरेको हो ।

प्रतिवादीमध्ये  प्रहरीले सहकारी अध्यक्ष अमरदास श्रेष्ठ, सचिव सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल, सञ्चालकहरू कदम जोशी (प्रधान) लाई पक्राउ गरी बयान समेत लिएको छ । अन्य प्रतिवादी फरार छन् ।

विभिन्न तथ्य र प्रमाण तथा प्रहरी प्रतिवेदन समेतका आधारमा ‘श्री लालीगुराँसको भविष्य उज्ज्वल छ, आर्थिक अवस्था असाध्यै सबल छ भनी संस्थाकै गतिविधि झल्काउने गरी प्रतिवेदन सहित हाम्रो संस्थामा लगानी गर्नुहोस्’ भनी आकर्षक ब्याजको प्रलोभन देखाउने गरेको पाइएको सरकारी वकिलको कार्यालयले दायर गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवादीहरूले बचतकर्तालाई खाता खोल्न लगाइ बचत गरेको रकम फिर्ता माग गर्दा विभिन्न बहाना बनाइ फिर्ता नदिएको र जाहेरीकर्ता महेश थापाको २ करोड १४ लाख २४ हजार ४ सय ५१ रुपैयाँ ठगी गरेको देखिएको उल्लेख छ ।

जाहेरीकर्ताको करिब २ करोडभन्दा बढी ठगी गरेकाले  कानुनी कारबाही र ठगी गरेको रकम फिर्ता गराइपाउँ भन्ने जाहेरीको आधार अनुसन्धान भए पनि २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोडभन्दा धेरै बचत फिर्ता नगरेको देखिएको प्रतिवेदनमा छ ।