२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लमजुङमा हलोक्रान्ति दिवस मनाइँदै

अ+ अ-

सुन्दरबजार (लमजुङ) । आज साउन ११ गते हलोक्रान्ति प्रारम्भ भएको दिन । आजभन्दा  ७५ वर्ष अगाडि २००६ साल साउन ११ गते सुन्दरबजार नगरपालिका–४ साबिकको दुराडाँडा गाविस–६ अर्चल्यानीको बाटेगरामा ब्राम्हणहरूले सामूहिक रूपमा हलो जोतेको दिन । 

हलोक्रान्तिका जानकारहरूले हलोक्रान्तिका रूपमा साउन ११ गते दुराडाँडामा बर्सेनि हलोत्कर्षक दिवस मनाउने गरिए पनि हलोक्रान्तिलाई राष्ट्रिय दिवसका रूपमा मान्यता दिन र पहिलो पटक हलो जोतेर सामाजिक अभियान सुरु गर्ने अभियन्तालाई राष्ट्रिय विभूति घोषणा नभएकामा उनीहरूले दुःख व्यक्त गरेका छन् ।

हलोक्रान्तिलाई राष्ट्रियस्तरमा चिनाउन हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठान गठन गरी आफूहरूले काम गरिरहेको प्रतिष्ठानका अध्यक्ष डा लक्षमीकान्त पौडेल बताउछन् । हलो जोतेको दुराडाँडाको अर्चल्यानीस्थित बाटेगरा परिसरमामा दुई रोपनी जग्गा प्रतिष्ठानको नाममा छ । उनकै नामबाट उद्यान, भौतिक संरचना र ब्राम्हणले हलो जोतेको सालिक बनाउन संरचना तयार भएको छ । राज्यले प्रतिष्ठानलाई जिल्लामा मात्रै सीमित नराखी देशव्यापी बनाउन लाग्नुपर्ने र त्यसैका लागि प्रतिष्ठानले झकझक्याइरहेको उनले बताए । 

राणा सरकार मौलाएको जातीय भेदभावसँगै हलिप्रथा अन्त्यका लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जनाले ऐतिहासिक थलो दुराडाँडाको बाटेगह्रामा पहिलो पटक हलो जोतेका थिए । 

हलियाहरूको उन्मुक्ति र छुवाछूतको अन्त्य, कृषि क्रान्ति, निर्वाहमुखी नभई व्यावसायिक, जातीय र लैङ्गिक विभेदबिनाको समावेशी शिक्षा र सामन्त शासन पद्धतिको अन्त्यका निम्ति  शुभारम्भ दिवसका रूपमा यो दिनलाई लिनुपर्ने उनले बताए । 

राणा शासनको विरोधमा हलो जोतेको भन्दै तत्कालीन बडाहाकिमले सामूहिक हलो जोत्नेहरूलाई ११ साउन २००७ सालमा पक्राउ गरी जेल हालेका थिए । हलो जोत्ने ब्राह्मणले प्रतिवाद गरेपछि उनीहरू थुनामुक्त भएका थिए । 

‘हलोक्रान्ति’मा सहभागी २७ ब्राह्मणको निधन भइसकेको छ । त्यसको नेतृत्वकर्ता पण्डित तोयानाथ अधिकारीको २०२२ साल, सबैभन्दा कान्छा मायानाथ पौडेलको ०७३ जेठ २८ गते निधन भयो भने त्यसअघि २०७१ पुस ३० गते विष्णुप्रसाद अधिकारीको निधन भएको हो । 

प्रतिष्ठानका सचिव लक्ष्मीकान्त न्यौपानेले तोयनाथको कृषि क्रान्ति, सामाजिक क्रान्ति, राजनीतिक क्रान्ति र शैक्षिक क्रान्तिको चाहना प्रतिष्ठानले पूरा गर्ने बताउछन् । “व्यावहारिक रूपमा अझै श्रमप्रतिको सम्मान र छुवाछूतको अन्त्य हुन नसकेको बताउँदै न्यौपानेले त्यतिबेला सुरुमात्रै नभएको भए हामी कहाँ हुन्थ्यौँ, थाहा छैन ।” सामाजिक अभियन्ता तोयनाथले सुरु गरेको क्रान्तिलाई साकार पार्नु दुराडाँडावासीको कर्तव्य भएको उनी बताउछन् ।