काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।
सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटका क्रममा परराष्ट्रमन्त्री राणालाई युरोपियन युनियनका राजदूत लोरेञ्जोले बधाइ तथा शुभकामना गरेकी थिईन्।
उनीहरूबीच नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।







