काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कर्मचारीले आफ्ना जायज माग सुनुवाइ नभएको भन्दै शुक्रवारदेखि सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।
बोर्डको कामकाज ठप्प हुँदा सेवा प्रदायक संस्थाले भुक्तानीका लागि पठाएको ‘क्लेम’ हेर्न सेवा बन्द गरेर आफ्ना माग पूरा गर्न सम्पूर्ण काम कारबाही ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । जसको कारण स्वास्थ्य बीमा बोर्डका सेवाग्राही मारमा परेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काज फिर्ता नभएको भन्दै आन्दोलनमा उत्रिन परेको बोर्डका कार्यरत शाखा अधिकृत शोभित रिजालले बताए । बोर्डका कर्मचारीले गएको साउन ३ मा १५ दिनभित्र रिजालको काज फिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
बोर्डका कर्मचारीले एक प्रेस विज्ञप्ति जारी गर्दै रिजालले कर्मचारीलाई बारम्बार हप्काउने, धम्काउने, कार्यकक्षभित्र गई अपशब्द बोल्ने, अमर्यादित व्यवहार गर्ने जस्ता हर्कत गर्ने, जागिर खाइदिन्छु भनी धम्काउने, अपशब्द बोली कर्मचारीलाई मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।
आइतबार (आज) सार्वजनिक बिदा परेका कारण कर्मचारीले उठाएको विषय सोमबार (भोलि) समाधान गर्ने बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बताए । उनले भने कर्मचारीले उठाएको विषयको सम्पूर्ण जानकारी छैन ।