काठमाडौँ । नेपाली महिला भलिबल टीमका प्रमुख प्रशिक्षक जगदीश भट्टले रिसिभ र सर्भिस सोचेअनुसार हुन नसक्दा भारतसँग हार व्यहोरेको बताएका छन् ।
भारतसँगको हारपछि बोल्दै प्रमुख प्रशिक्षक भट्टले भारतसँग टीमका प्रमुख खेलाडीहरू चल्न नसकेको बताए ।
‘हामीले जुन स्टाटेजीका साथ भारतसँग खेल्ने भनेका थियौँ । सोचेअनुसारको रिसिभ र सर्भिस राम्रो गर्न नसकेको कारणले गर्दाखेरि हामीले हार बेहोर्नुपरेको हो । चौथो सेटमा जित्नुपर्ने थियो । तर, जित्न सकेनौं । आज टीमका प्रमुख खेलाडीहरू चल्न सकेनन् । हाम्रो रिसिज राम्रो भएन । उनीहरुको ब्लक राम्रो थियो’, उनले भने ।
घरेलु मैदानमा भएको काभा वुमन्स भलिबलमा नेपाल फाइलनमा भारतसँग ३-२ को सेटमा पराजित भएको थियो ।