८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेक बाउन्सको मुद्दा दर्ता गर्दा आम्दानीको स्रोत खुलाउनुपर्ने प्रस्ताव

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले चेक अनादरको कसुरमा मुद्दा दायर गर्दा आम्दानीको स्रोत खुलाउनुपर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरेकी छन् ।

‘बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था थप गर्नुपर्ने उनको प्रस्ताव छ । चेक अनादरको कसुरमा मुद्दा दायर गर्दा ‘कारोबार स्थापित गर्ने कागज, आम्दानीको स्रोत खुलाउने कागज र अन्य आवश्यक कागज’ पेश गर्नुपर्ने प्रस्ताव गरेकी हुन् ।

प्रस्तावित विधेयकको दफा ८ मा चेक अनादरको कसुरमा सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था छ ।

चेक अनादर गरेको प्रमाणित भएको मितिले तीन महिनाभित्र जाहेरी दिन सकिनेछ र त्यसरी जाहेरी परेको मितिले ३ महिनाभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्ने हुन्छ ।

यो प्रस्तावित व्यवस्थामा संशोधन प्रस्ताव दर्ता गर्दै सांसद श्रेष्ठले चेक अनादरको जाहेरी दिने समयाअवधि पनि ३ महिना नभएर एक वर्ष राख्नुपर्ने बताएकी छन् । ‘चेक अनादर गरेको प्रमाणित भएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिनेछ र त्यसहरी जाहेरी परेको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ’, सांसद श्रेष्ठको प्रस्ताव छ ।

रास्वपाकै सांसद सोविता गौतम, नेकपा एमालेका सांसदहरु पदम गिरी, दामोदर पौडेल बैरागी, विद्या भट्टराई, इश्वरी घर्ती, दिपा शर्मा, सरिता भुला र सरस्वती सुब्बाले पनि पनि चेक अनादरको जाहेरी दिने समयाअवधि तीन महिना नभएर एक वर्ष राख्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस