काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पालिका भित्रका विद्यालय स्वच्छ र सफा राख्न सुझाव दिएको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सबै विद्यालयलाई यस्तो सुझाव दिएको हो ।
केही विद्यालयमा अनाधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने कार्यहरू गरेकाले यस्तो सुझाव दिइएको शिक्षा अधिकारी गोविन्द्र प्रसाद शर्माले जानकारी दिए ।
यस्तै अनाधिकृत व्यक्ति तथा समूहले बलपूर्वक विद्यालयमा प्रवेश गर्न प्रयास गरेमा त्यस्ता कार्यलाई रोक्न महानगरका प्रहरी उपरीक्षक विष्णु जोशीलाई सम्पर्क गर्ने महानगरले अनुरोध गरेको छ ।
