काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । २०८१ भदौ ५ गतेदेखि लागू हुनेगरी शर्मा ४ वर्षका लागि लघुवित्तको सीईओ नियुक्त भएका हुन् ।
२०८१ भदौ २ गते बसेको लघुवित्त सञ्चालक समितिको १४७ औं बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।