काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार तने बोडीको भाउ २७ प्रतिशत बढेको छ ।
अघिल्लो दिन औसत ८५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको तने बोडी बुधबार औसत १०८ रुपैयाँ पुगेको छ भने अधिकतम मूल्य प्रतिकिलो १२० रुपैयाँ छ ।
घिउ सिमी, कन्य च्याउ केही महँगिएको छ । इस्कुस, रायो साग, तोरीको साग केही घटेको छ, भने तिते करेला, लौका, परवर, चिचिन्डो, पाकेको फर्सी, हरियो फर्सी लगायत अधिकांश तरकारीको भाउ स्थिर छ ।
आजको तरकारीको मूल्य सूची



