२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले अमेरिकासँग तीन टी-२० आई सिरिज खेल्ने

अ+ अ-

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ अघि अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने भएको छ ।

नेपाल र अमेरिकाबीच तीन टी-२० आई खेलको सिरिज अक्टोबर १७, १९ र २० मा ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा हुने अमेरिकी पत्रर पिटर डेला पेनाले जनाएका छन् । त्यसपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग-२ त्रिकोणात्मक सिरिज ग्राण्ड प्रेरी रंगशाला डालसमा प्रतिस्पर्धा हुनेछ । नेपालले २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ ।

दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । लिग २ पछि यी तीन टोलीबीच त्रिकोणात्मक टी-२० आई सिरिज समेत हुनेछ ।

हाल नेपाली टोली भने क्यानडामा छ । नेपाल, क्यानडा र ओमानबीच लिग-२ सिरिज हुँदैछ । नेपालले सोमबार क्यानडासँग खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।

नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एक दिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ । उक्त सिरिज खेलेर नेपाल अमेरिका जाने छ ।