२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाली भाषाको विकासमा ‘डायस्पोरा’को भूमिका महत्त्वपूर्ण छ’ : राजदूत कुमारराज

अ+ अ-

वाशिङटन डिसी । नेपाली भाषालाई भावी पिँढीका लागि उपयोगी बनाउन अहिलेदेखि नै काम गर्नुपर्ने साहित्यिक क्षेत्रका प्रबुद्ध व्यक्तिले जोड दिएका छन् ।

यहाँस्थित नेपाली दूतावासले आइतबार मोती जयन्तीका अवसरमा आयोजना गरेको छलफल तथा कवि गोष्ठी कार्यक्रममा सहभागी लेखक, साहित्यकार र कविहरूले विश्वभरि नेपाली भाषाको जगेर्ना, पठनीय र लेखनीय बनाउन स्रष्टाको महत्त्वपूर्ण भूमिका रहेको बताए । कार्यवाहक राजदूत कुमारराज खरेलले नेपाली भाषा र साहित्यको क्षेत्रमा डायस्पोराको महत्त्वपूर्ण भूमिका रहेको बताए।

कार्यक्रममा सहभागी वक्ता वसन्त श्रेष्ठले विगत वर्षहरूमा दूतावासले भाषा र साहित्यका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै नेपाली भाषाको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए।  दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डेले भाषाको माध्यमबाट मातृभूमिको सम्बन्ध मजबुत हुने भएकाले दोस्रो पिँढीलाई समेत नेपाली भाषा सिकाउन अनुरोध गरे।

दूतावासका उत्तम घिमिरे, साहित्यकार गण्डकी पुत्र, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संस्थापक अध्यक्ष होमनाथ सुवेदीलगायतले मन्तव्य राखेका थिए।

कविहरू तीर्थराज पाण्डेय, गोविन्द गिरी ‘प्रेरणा’, मधुकर अधिकारी, सुदीप भद्र खनाल, जगन्नाथ पौडेल, तारा पराजुली, अशोकनाथ तिवारी, मनोज खड्का, शरद निरौला, प्रेम सङ्ग्रौला, पुष्पा खनाल, लोक नाथ तिवारी, मञ्जु सङ्ग्रौला, नारायण अधिकारी, वासु श्रेष्ठलगायतले आ-आफ्नो रचना वाचन गरेका थिए । यसैगरी, डिवी राना, प्रवीन खड्का, सन्तोष शर्मा, परशु तिमिल्सेना, सीता पाण्डे र काशिनाथ न्यौपानेले पनि कविता वाचन गरेका थिए ।