काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदम गिरी निजीकरण समितिको सदस्यमा मनोनीत भएका छन् ।
मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकबाट देशभित्र रहेका रूघ्न उद्योग तथा प्रतिष्ठानहरूको सञ्चालनमा निजी क्षेत्रको सहभागितामा वृद्धि गरी देशको आर्थिक विकास गर्ने राष्ट्रिय हितको दृष्टिकोणबाट अध्ययन एवम् सिफारिस गर्नका लागि नेपाल निजीकरण ऐन, २०५० बमोजिम गठित निजीकरण समितिको सदस्यमा मनोनीत गरिएका हुन् ।








