काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एक सय रुपियाँले घटेर तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य तोलाको एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५ रुपैयाँ घटेर तोलाको एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।