२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित

अ+ अ-

पाल्पा । पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हुँदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन । 

उनले तीन रोपनी जग्गामा लगाएको सावित्री जातको धानमा यस्तो समस्या देखिएको छ । हर्दिनाथ जातको धानमा भने समस्या नदेखिएको उनले गुनासो गरिन्। गत भदौको तेस्रो हप्ताबाट धान बालीमा समस्या देखिएको किसान पङ्गेनीले बताइन् ।

“पहिला धानको बोट राम्रै थियो, भदौको तेस्रो हप्तापछि एक्कासी धानमा समस्या देखियो, चार÷पाँच दिनमा बोट पूरै रातै हुने र सुक्न थाल्यो, बोट सुक्न थालेपछि दुई पटकसम्म विषादी छरे तर काम लागेन, अहिले धान पहेँलिएर पुरै सुकेको छ, पसाउन सकेन”, उनले भनिन् । उनले हरेक वर्ष तीन रोपनी जग्गाबाट १६ मुरी धान उत्पादन लिँदै आएकी थिइन् ।

यस वर्ष पनि धेरै धान स्याहार्ने तयारीमा थिइन् उनी । तर धान नै नपसाएपछि उहाँ चिन्तित हुनुहुन्छ । लामो समयदेखि कृषि गर्दै आएकी निरमायाले यस्तो समस्या पहिलो पटक देखा परेको बताउँछिन् ।

“धान उत्पादन गरेर घर खर्चका लागि बिक्रीसमेत गर्ने गर्थे, यस पटक पनि समयमा नै वर्षा भयो, बोट राम्रो थियो, राम्रो धान फल्ने भयो भनेर खुसी भएको थिएँ, तर धानमा रोग लागेर पसाउनै सकेन”, उनले भनिन्, “खनजोत, बीउ खरिद, गोडमेल गर्दा धेरै खर्च लागेको छ, सबै लगानी माटोमा विलिन भयो ।”

विजयपुर कृषि सहकारी संस्थाको समन्वयमा रामपुरमा धानको बीज वृद्धि कार्यक्रम चलिरहेको छ । बीज वृद्धिका लागि लगाइएका धानमा समस्या देखिएको छ । धान बालीमा भुरुङ उड्ने भुसुना जस्तो किरा पातमा छपक्कै बसेर पात चुसेर खाने, अनि बोट पहेँलिँदै जाने समस्या देखिएको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश रेग्मी बताउँछन् । 

केही ठाउँमा मल, विषादी प्रयोग गरेपछि नियन्त्रणमा आएको छ भने केही ठाउँमा मल, विषादी राखे पनि नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए । हर्दिनाथ जातको धानमा खासै समस्या छैन, सावित्री जातको धानमा लगभग सबैमा समस्या देखिएको अध्यक्ष रेग्मीले जानकारी दिए । उनका अनुसार यस वर्ष धानमा समस्या देखिएकाले उत्पादन घट्ने भएको छ । सहकारीले सावित्री र हर्दिनाथ जातको करिब १५ हेक्टर क्षेत्रफलमा सात मेट्रिकटन बीउ उत्पादन गर्ने गरी धान लगाएको छ । 

जिल्लामा सबैभन्दा धेरै रामपुर नगरपालिकामा धान बालीमा समस्या देखिएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले बताए । विशेष गरी रामपुरको वडा नं ५ र ६ मा धानमा रोगको समस्या बढी छ । रामपुरसँगै जिल्लाको माथागढी, तिनाउलगायत अन्य स्थानमा प्रकोप देखिएको र उपचारपश्चात् क्रमिक रूपमा सुधार भएको उनले बताए।

“पहेँलो देखिएका धान बालीमा अहिले समस्या बढेको छैन, कृषि शाखाको समन्वयमा कृषि ज्ञान केन्द्रले कृषकलाई विषादी वितरण गरेको छ, समस्या देखिएका स्थानमा कृषि प्राविधिकले अवलोकन गरी विषादी राख्न सुझाव दिइएको छ”, उनले भने ।

धान बालीमा देखिएको सेतो पुतली जस्तो देखिने किराले पात चुसेर खाने, बोट नै सुक्ने समस्या देखिएको हो । जिल्लाको अन्य स्थानमा कम समस्या देखिए पनि रामपुर नगरपालिकामा भने जोखिम धेरै देखिएको छ । धान पसाउने समयमा पहेँलो हुने र सुक्ने समस्या देखिएकाले उत्पादन घट्ने चिन्ता बढेको कृषकको गुनासो छ । 

रामपुर नगरपालिकाभित्र करिब एक हजार सात सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । करिब छ सय हेक्टरमा यस वर्ष धान बालीमा समस्या देखिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे बताउँछन्। समस्या देखिएका कृषकका खेतबारीमा पुगेर स्थलगत अवलोकन गरी विषादी वितरण गरिएको उनले बताए ।