११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी नागरिक भन्छन् : ‘बास देउ, नत्र थापाथलीमै छोडिदेउ’

अ अ+ अ-

काठमाडौँ । वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारले सरकारको विरोध गरेका छन् । 

सरकारले गत १२ र १३ वैशाखमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्तीमाथि डोजर चलाएर खाली गराएको थियो । 

घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था नगरी अस्थायी आश्रय स्थलबाट समेत हटाउन खोजिएपछि उनीहरूले सरकारको निर्णयको विरोध गरेका छन् । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुम्वासी नागरिकले उचित व्यवस्थापनबिना आफूहरूलाई हटाउन खोजिएको भन्दै शुक्रवार रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन् । 

सरकारले शुक्रवार बिहानैदेखि खाना दिन छोडेको तथा आजैदेखि होल्डिङ सेन्टर छोडेर जान निर्देशन दिएको थियो ।

सुकुम्वासी नागरिक हरिमाया जिम्बाले आफूहरू थापाथलीबाट विस्थापित भएर बोडे आइपुगेको बताइन् । उनका अनुसार कीर्तिपुरस्थित आश्रयस्थलमा करिब साढे दुई महिना बसेपछि डुबानका कारण उनीहरूलाई बोडे सारिएको थियो । अहिले बोडेमा रहेकामध्ये सात परिवारलाई मात्र वास्तविक सुकुम्वासी मानेर सरकारले अन्य सबैलाई हटाउन खोजेको आरोप लगाइन् । उनले आफूहरू नेपाली नागरिक भएकाले सरकारले सम्मानपूर्वक बसोबासको व्यवस्था गर्नुपर्ने माग गरिन् ।

सरकारले वैकल्पिक बसोबासको व्यवस्थापन गर्न नसक्ने भए आफूहरूलाई थापाथलीमै छोडिदिनुपर्ने समेत उनको माग छ ।

उनले भनिन्, ‘हामी थापाथली बस्तीबाट हो । पहिले कीर्तिपुर बसेका थियौँ । साढे दुई महिनाजति त्यहाँ बसेपछि त्यहाँ डुबान भयो । हामी यहाँ आउने पक्षमा थिएनौँ, उहाँहरूले रातारात ल्याएर यहाँ राखिदियो । अहिले फेरि सात घरका मात्रै सुकुम्वासी परे, अन्य १३ परिवार सुकुम्वासी परेनन् । भनेर बाहाना खोजेर हामीलाई हटाउन खोजिँदै छ । तर हटाउँदा खेरी उहाँहरूले सोच्नुपर्छ, हामी मान्छे हो कि होइन ? भोलिको दिनमा उहाँहरूलाई हाम्रो भोट चाहिने हो कि नचाहिने हो ? हामी नेपाली नागरिक हौँ कि होइनौँ ? यदि सरकारले हामीमाथि जबरजस्ती गर्‍यो भने हामीसँग अब दुई वटा विकल्प मात्रै छ । कि हामीलाई थापाथली नै लगेर छोडिदेउ, होइन भने मारिदेऊ । हामीलाई जाऊ त भन्यो अब हामी जाने कहाँ हो ?’

अर्का सुकुम्वासी नागरिकले समेत आफूहरू लामो समयदेखि सुकुम्वासी बस्तीमा बस्दै आएको उल्लेख गर्दै सरकारले पुन:स्थापनाको प्रतिबद्धता पूरा नगरेसम्म होल्डिङ सेन्टरमा ननिस्किने बताए । उनले सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाउँदा १५ दिनभित्र व्यवस्थापन गर्ने भने पनि ६ महिना बितिसक्दा समेत उचित व्यवस्था गर्न नसकेको उनको गुनासो छ ।

उनले भने, ‘हामी यहाँ बस्न थालेको ५० औँ वर्ष भइसक्यो, अनि हाम्रो बस्तीमाथि डोजर लगाउने ? हामीलाई उठाइसकेपछि सरकारले १५ दिनमा व्यवस्थापन गर्छौँ भनेको होइन ? १५ दिन कहाँ गयो ? ६० दिन कहाँ गयो ? सय दिन कहाँ गयो ? अनि ६ महिना कहाँ गयो ? अनि अहिले जबरजस्ती उठाउन आउने ? बरु १ चम्चा पानीमा डुबेर मरे हुन्छ सरकार । दुई तिहाइको सरकारले चाहेमा के गर्न सक्दैन ? अनि यस्तो गर्न मिल्छ ? मिल्दैन नि ।’

त्यसैगरी अर्का सुकुम्वासी नागरिकले आफूहरूको अन्यत्र घरजग्गा नभएको र भाडामा बस्न सक्ने आर्थिक अवस्था पनि नरहेको बताए । साना बालबालिका भएका परिवारलाई कोठा पाउनसमेत कठिनाइ भइरहेको भन्दै उहाँले सरकारले नै उचित व्यवस्थापन गरिदिनुपर्ने उनको माग छ ।

उनले भने, ‘अस्ती आएर सूचना टाँसेको थियो, हिजो आएर माइकिङ गरेको थियो यहाँ खाली गर्नु भनेर । उबेला थापाथली हुँदा कोठा भाडामा भएकाहरू गए होलान् । हाम्रो त कतै केही पनि छैन हेर्नुस् । एक हाम्रो सानो नानी छ, बच्चा भएको हुनाले कोठा पाइँदैन । अनि कोठा पाएको छैन, कहाँ गएर बस्ने हामी ? हामी त जहाँ सरकारले बस्ने बास दिन्छ त्यहीँ जाने हो । कोठामा पनि हामी महिनैपिच्छे कोठा भाडा तिर्न सक्दैनौँ ।’

सरकारले बोडेस्थितको होल्डिङ सेन्टरमा बसेका सुकुम्वासी परिवारलाई शुक्रवार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर छोड्न अल्टिमेटम दिएको थियो । त्यसपछि उनीहरूलाई खाना समेत बन्द गरिएको छ । खाना नै बन्द गरिदिएपछि उनीहरू दिउँसो चाउचाउ–चिउरा खाएर भोक मेटिरहेका थिए ।

0 Comments