काठमाडौँ । नेपाली प्रजीत बुढाथोकी र अमेरिकी जोई फोस्टर एलिसले समलिंगी विवाह गरेका छन् । बिहीबार हिन्दु परम्पराअनुसार उनीहरूले विवाह गरेका हुन् ।
नेपालमा कामको सिलसिलामा आएका जोई र प्रजीतबीच दुई वर्षअघि भेट भई प्रेम सम्बन्ध गाँसिएको थियो । यसअघि नै उनीहरूले विवाह दर्ता गराएका थिए । प्रजित धरानका बासिन्दा हुन् । दुवैले गत असोज २० गते धरान उपमहानगरपालिकामा विवाह दर्ता गराएका थिए ।
अहिले उनीहरू दुवैजना नेपालमा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका निम्ति काम गरिरहेका छन् । साथै नेपालमा उक्त समुदायको पर्यटनलाई बढाउन ट्राभल एजेन्सीसमेत सञ्चालन गरिरहेका छन् ।







