९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यमनमा यात्रुवाहक सवारीसाधनमाथि गोलाबारी हुँदा ६ जनाको मृत्यु, दर्जनौँ घाइते

अ अ+ अ-

काठमाडौँ । यमनको दक्षिणी क्षेत्रमा यात्रुवाहक सवारीसाधनमाथि बमबारी हुँदा ६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

सोमवार दक्षिणी लहज प्रान्तको अल-मकातिराह जिल्लास्थित माबाक क्षेत्रमा यात्रुवाहक बस तथा मालवाहक ट्रकमाथि आक्रमण भएको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय अधिकारीका अनुसार मुख्य सडकमा गुडिरहेका यात्रुवाहक बस र मालवाहक ट्रकलाई लक्षित गरी गरिएको भारी गोलाबारीमा उनीहरूको मृत्यु भएको हो ।

घटनामा चार वटा सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य केहीमा क्षति पुगेको छ । आक्रमणको वास्तविक कारण भने खुल्न सकेको छैन । घटनाको जिम्मेवारीलाई लिएर यमनका द्वन्द्वरत पक्षहरूले एकअर्कामाथि आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा रहेका लहज प्रान्तका स्थानीय अधिकारीहरूले आक्रमणमा हुथी विद्रोही समूहको संलग्नता रहेको आरोप लगाएका छन् ।

 उनीहरूले बालबालिका, सर्वसाधारण नागरिक र यातायातका साधनलाई लक्षित गर्नु युद्ध अपराध भएको भन्दै घटनाको निन्दा गरेका छन् । यता हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाले साउदी अरेबियाका लडाकु विमानले सोमबार उक्त क्षेत्रमा आठ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन् । हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनमार्फत जारी वक्तव्यमा यात्रुवाहक बस र मालवाहक सवारीसाधनलाई लक्षित गरी आक्रमण गरिएको आरोप लगाइएको छ ।

 प्रवक्ता सरियाले उक्त आक्रमणको जवाफ दिइने चेतावनीसमेत दिएका छन् । माबाक क्षेत्र यमनको सरकारी सेना र हुथी विद्रोहीबीचको सैन्य सम्पर्क क्षेत्रनजिक पर्दछ । पछिल्ला केही सातादेखि दुवै पक्षले उक्त क्षेत्र हुँदै यात्रुहरूलाई आवतजावत गर्न अनुमति दिँदै आएका थिए । यमनमा सन् २०१४ को अन्त्यदेखि द्वन्द्व जारी छ ।

 त्यसबेला हुथी विद्रोहीले राजधानी सानासहित उत्तरी यमनका ठूलो भूभाग नियन्त्रणमा लिएपछि सन् २०१५ मा साउदी अरेबियाको नेतृत्वमा सैन्य हस्तक्षेप भएको थियो । त्यसयता अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र हुथी विद्रोहीबीचको संघर्ष जारी रहँदै आएको छ ।

0 Comments