६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘म अदालतले बनाइदिएको मेयर होइन’ : हर्क साम्पाङ

अ+ अ-

विराटनगर । मामा ससुरा वडाध्यक्षलाई कार्यवाहक छाडेर सपरिवार लन्डन पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अदालतको आदेशसमेतलाई चुनौती दिएका छन् ।

फेसबुकमा स्ट्याटस र भिडिओमा उनले आफूलाई अदालतले नभई जनताले मेयर बनाएको बताएका छन् । कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले रडाको नमच्चाउनू भन्दै चेतावनीसमेत दिएका छन् ।

उच्च अदालत विराटनगरले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कावा दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।

आफूले नागरिकको मताधिकारका आधारमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको उनको जिकिर छ ।

उनको भनाइ छ, ‘मैले जसलाई अधिकार दिएको छु उही कार्यवाहक हो । केही हल्ला नगर । मलाई कुनै अदालतले चुनेको होइन! लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो! म ५ वर्षसम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनुभएको हो! मैले नागरिकले दिएको अधिकार दिएर ११ नं को अध्यक्षलाई कार्यवाहक छोडेको छु ! मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक! केही हल्ला नगर ’’’

‘मुख छाड्नु नपरोस् ! धरानको विकासको लागि म दुई दिन यूके आउँदा बद्नाम गर्दै नबस है’, हर्कले लेखेका छन् ।

भिडिओमा बोल्दै उनले अदालतले स्टे अर्डर जारी भए पनि आफूले कार्यवाहक तोकेको व्यक्ति नै धरानको कार्यवाहक मेयर भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस