२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाडो बढे पनि पर्वतमा डेंगीका बिरामी घटेनन्

अ+ अ-

पर्वत । जाडोयाम सुरु भए पनि यस वर्ष जिल्लामा डेंगीका बिरामी घटेका छैनन् । आवश्यक सावधानी नअपनाउँदा गत वर्षभन्दा यस वर्ष सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८९ ले बढेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख प्रवीण शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष साढे पाँच सय प्रतिशत भन्दा बढी व्यक्तिमा सङ्क्रमण भइसकेको छ । गत वर्ष दुई सय २५ मा सङ्क्रमण देखिएकामा यस वर्षको हालसम्म एक हजार पाँच सय १४ जना सङ्क्रमित भइसकेको उनले जानकारी दिए ।

अहिले पनि जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीमा सङ्क्रमण पुष्टि भइरहेकाले सङ्क्रमितको सङ्ख्या अझै बढ्ने प्रमुख शर्माले बताए । जाडो मौसम भए पनि बिरामीको सङ्ख्या बढिरहेको भन्दै डेंगी र मौसमी फ्लूका बिरामीले अहिले अस्पताल भरिभराउ बनेका उनले उल्लेख गरे ।

स्वास्थ्य कार्यालयका प्रमुख शर्माका अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकामा एक हजार एक सय ७१ जना छन् । यो कूल सङ्क्रमितको ८२.८१ प्रतिशत हो । त्यस्तै फलेवास नगरपालिकामा ७५, मोदी गाउँपालिकामा ४८, जलजला गाउँपालिकामा २३ जना, पैयुँ गाउँपालिकामा सात, विहादी गाउँपालिकामा सात, महासिला गाउँपालिकामा चार र बाँकी अन्य जिल्लाबाट आएकामा सङ्क्रमणको पुष्टि भएको उनले जानकारी दिए ।

लामखुट्टेको टोकाइ बढ्दै जाँदा डेंगीको जोखिम पनि बढ्दै जाने भएकाले सचेत हुन स्वास्थ्य कार्यालय पर्वतले अनुरोध गरेको छ । लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

अस्पतालमा परीक्षण गरिएको तथ्यांकबाहेक निजी अस्पताल र क्लिनिकहरूमा पनि उल्लेख्य सङ्ख्यामा सङ्क्रमित फेला परेको जानकारी प्राप्त भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए । डेंगीसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको दैनिक चाप बढ्दै गएको भन्दै जटिल प्रकृतिका बिरामीको मात्र परीक्षण गर्ने गरिएको उनले जानकारी दिए ।

डा. बास्तोलाका अनुसार दैनिक २० देखि ३० जना सङ्क्रमित भेटिएका छन् । सरकारले उपलब्ध गराएको डेंगी परीक्षण किट सकिएर अहिले आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएकाले जटिल लक्षण देखिएका बिरामीको मात्रै परीक्षण गर्न थालिएको उनले बताए । बिरामी बढेकाले अस्पताललाई आर्थिक भार बढेको उनले बताए ।

अधिकांश बिरामीले निजी मेडिकलबाट औषधि किनेर खाने गरेका औषधि व्यवसायीहरूले बताएका छन् । लक्षण देखिएका सबै बिरामी अस्पताल जाने सङ्क्रमितको सङ्ख्या अझै वृद्धि हुने व्यवसायीहरू बताउँछन् ।