२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

अ+ अ-

काठमाडौँ । नियम विपरीत काम गरेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल राष्ट्र बैंकले दुईवटा बैंकलाई कारबाही गरेको छ । एउटा वाणिज्य र एउटा विकास बैंक गरी दुईवटा संस्थालाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

पहिलो त्रैमासमा राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो । खाता खोल्दा/सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकाले उक्त बैंकलाई कारबाही स्वरूप सचेत गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार उक्त बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

यस्तै, मितेरी डेभलपमेन्ट बैंकले पनि राष्ट्र बैंक पनि कारबाहीमा परेको छ । मितेरी बैंकले ०८१ असार महिनामा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इ।प्रा। निर्देशन नम्बर १५ को बुँदा नम्बर (४) मा तोकिएको ४.६० प्रतिशतको अधिकतम ब्याजदर अन्तर भन्दा बढी ब्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था पालना नगरेकाले कारबाहीमा परेको हो ।

उक्त संस्थालाई राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८० को इ.प्रा. निर्देशन नं १५ को बुँदा नम्बर ४ को उप बुँदा नम्बर (३) मा भएको व्यवस्था बमोजिम उक्त संस्थाको शाखा बिस्तारमा रोक लगाउने तथा भूकम्प पीडितलाई प्रवाह गरिने बाहेकका अन्य पुनर्कर्जा सुविधा प्रदान नगर्ने कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।