७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्ट्रेलियालाई हराउँदै पाकिस्तानले गर्‍यो सिरिज बराबरी

अ+ अ-

काठमाडौँ । अस्ट्रेलियासँगको दोस्रो एक दिवसीय क्रिकेटमा पाकिस्तानले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले हराएको हो ।

अस्ट्रेलियाले दिएको १६४ रनको लक्ष्य पाकिस्तानले २६ ओभर ३ बलमा १ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानका लागि ओपनर सैम अयुबले सर्वाधिक ८२ रनको इनिङ खेले भने अर्का ओपनर अबदुल्लाह शफिकले ६४ रनको अविजित अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका लागि एडम जाम्पाले एक मात्र विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ३५ ‌‌ओभरमा अलआउट हुँदै १६३ रन बनाएको थियो । उसका लागि स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाएका थिए भने ओपनर म्याथिउ शर्टले १९ तथा जोश एङ्लिस र एडम जाम्पाले १८ रन बनाए ।

पाकिस्तानका लागि हारिस राउफले ८ ओभरमा २९ रन दिएर ५ विकेट लिए । त्यस्तै शाहीन अफ्रिदीले ८ ओभरमा २६ रन दिएर ३ विकेट लिए । नसीम साह र मोहमद हसनैनले १-१ विकेट लिए ।

यसअघि पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २ विकेटले हराएको थियो भने आजको नतिजासँगै ३ खेलको शृङ्खला १-१ को बराबरीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस