८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेत-दैलेख सिमानामा भएको गाडी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

अ+ अ-

काठमाडौँ । दैलेखबाट सुर्खेत फर्किँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटनामा मृत्यु भएका र घाइते भएकाको पहिचान खुलेको छ। 

सुर्खेत-दैलेख सिमानास्थित वीरेन्द्रनगर-१४ को रातानाङ्ग्ला नजिक भएको दुर्घटनाका ४ जना मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका-५ का गाडीचालक ३८ वर्षीय सुरेश केसी, वडा नं. २ का ३६ वर्षीय कर्णबहादुर विष्ट, वडा नं. १ की १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगीता विष्टको मृत्यु भएको हो।

घाइतेहरूमा दैलेख नारायण नगरपालिका-४ का २८ वर्षीय चन्द्र मल्ल, भैरवी गाउँपालिका-३ की २८ वर्षीया जगतकुमारी विष्ट, उनका २ वर्षीया छोरा स्माइल आचार्य र ६ वर्षीया छोरी स्मारिका आचार्य, सोही वडाकै १२ वर्षीय राजन थापा, २१ वर्षीया प्रकाश विष्ट रहेका छन्।

घाइतेमध्ये दुल्लु नगरपालिका-१२ की २६ वर्षीया चन्द्रा रावत‚ उनका ७ वर्षीय छोरा सन्दीप रावत‚ भैरवी गाउँपालिका-१ की २२ वर्षीया सम्झना भण्डारी, उनकी १८ महिने छोरी युनिक विष्ट, सोही ठाउँकी १० वर्षीया चन्द्रा रावत रहेको प्रहरीले जनाएको छ।

यसैगरी दुल्लु नगरपालिका-६ की १९ वर्षीया सुजता रावत, ९ वर्षीया बिहानी केसी, नाम थर नखुलेकी १५ महिनाकी बालिकाका साथै सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ की ३४ वर्षीया कृष्णा थापा र उनका ४ वर्षीय छोरा राजन थापा, ११ वर्षीया छोरी अविक्षा थापा रहेको प्रहरीले जनाएको छ। 

घाइतेमा दैलेखको भैरवी गाउँपालिका-१ की १८ वर्षीया तुल्सी थापा, भैरवी गाउँपालिका-२ की २३ वर्षीया लालकुमारी विष्ट, २२ वर्षीया पुष्पा खड्का, दैलेखको नारायण गाउँपालिका-४ का २५ वर्षीय बालाराम रेग्मी, दैलेखको महाबु गाउँपालिका-३ का २५ वर्षीया सोबण शाही, दैलेखको भैरवी गाउँपालिका-२ का १७ वर्षीय घनश्याम विष्ट, महाबु गाउँपालिका-३ का २० वर्षीय प्रकाश बुढा पनि रहेका छन्।

त्यस्तै भैरवी गाउँपालिका-१ की ३१ वर्षीया रमा विष्ट, २० वर्षीया कमला विष्ट, महाबु गाउँपालिका-३ का १६ वर्षीय हरि रावल, भैरवी गाउँपालिका-१ की २७ वर्षीया सुजता खत्री, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ का २१ वर्षीय सौगात मल्ल घाइते भएका छन्। 

घाइते हुनेहरूमा दैलेख भैरवी गाउँपालिका-५ का ३० वर्षीय कमल नेपाली र ठेगाना नखुलेको वर्ष अन्दाजी ३८-४० को सुरेश केसी रहेका छन्।

प्रतिक्रिया दिनुहोस