काठमाडौँ । बलिउड अभिनेता अभिषेक बच्चनको आगामी फिल्म ‘आई वान्ट टू टक’ मा समावेश ‘गुम हो कहाँ’ बोलको गीत सार्वजनिक भएको छ।
बिहीबार टाइम्स म्युजिक युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतमा अभिषेक बच्चन र चर्चित हास्य अभिनेता जोनी लिभरको आकर्षक प्रस्तुति देख्न सकिन्छ।
यो गीतलाई ताबा चाकेले तयार पारेका छन्। गीतमा ताबा चाकेको स्वर, संगीत र शब्दले विशेष प्रभाव पारेको छ।
शूजित सरकारको निर्देशनमा बनेको यस फिल्ममा अभिषेक बच्चनसँगै अहिल्या बम्रो, जोनी लिभर, र जयन्त कृपालनीजस्ता कलाकारको दमदार अभिनय छ।
फिल्म २२ नोभेम्बर देखि सिनेमाघरमा प्रदर्शन हुने तयारीमा छ।







