२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समपूरक र विशेष अनुदान आयोजना तत्काल कार्यान्वयन नहुने

अ+ अ-

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ मा समपूरक र विशेष अनुदानका आधारमा कार्यान्वयन गर्ने लक्ष्य राखिएका कार्यक्रम तथा आयोजना तत्काल कार्यान्वयन नहुने भएका छन् ।

राष्ट्रिय योजना आयोगले बुधबार सूचना प्रकाशित गरी यस्ता अनुदानका लागि स्थानीय तथा प्रदेशबाट प्रस्ताव आह्वानको काम स्थगन गरिएको जानकारी गराएको छ ।

यसअघि राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठकले स्थानीय तह एवं प्रदेशको वित्तीय क्षमता अनुसार समपूरक अनुदानमा लगानीको हिस्सा वित्तीय क्षमतामैत्री र सामाजिक आर्थिक समता अभिवृद्धिमा योगदान दिने गरी संशोधन गर्ने निर्णय गरेको थियो ।

यसैगरी विशेष अनुदान अन्तर्गत प्रदेश वा स्थानीय तहबाट सञ्चालन भएका आयोजना/कार्यक्रमलाई सन्तुलित विकास गर्न, कुनै प्रकारले विभेदमा परेको वर्ग वा समुदायको उत्थान वा विकासमा योगदान दिने गरी कार्यविधिमा संशोधन गर्ने निर्णय गरेको थियो ।

तीन महिनाभित्र कार्यविधि संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने निर्णय गरेको थियो । सोही अनुसार अहिले कार्यविधिको व्यवस्थामा अध्ययन/विश्लेषण भइरहेको समेत योजना आयोगले जनाएको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार अनुसार हरेक वर्ष समपूरक अनुदान र विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने आयोजना/कार्यक्रमका लागि प्रस्तावसहितको विवरण पेस गर्न मंसिर मसान्तभित्र सूचना प्रकाशित गर्ने गरिएको छ ।