२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयउत्सव

अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन टिम जनकपुर बोल्ट्सले जनकपुरधाममा आज विजयउत्सव जुलुस निकालेको छ ।

विजयी उत्सवका लागि जनकपुर बोल्टस्का खेलाडीहरू बिहीबार जनकपुरधाम आएका थिए । उनीहरूले आज जनकपुरधामस्थित रामजानकी रंगशालाबाट ट्रफीसहित विजयी जुलुस निकालेका हुन् ।

मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहले शुभारम्भ गरेको विजयी जुलुस अहिले जानकी मन्दिर पुगेको छ । जुलुसमा ठूलो संख्यामा समर्थक सहभागी छन् । जानकी मन्दिरमा पूजापाठ पश्चात् जनकपुरधामको विभिन्न भागमा परिक्रमा गर्ने बताइएको छ ।

शनिवार महोत्तरी, सर्लाही र रौतहट, आइतबार बारा र पर्सा तथा सोमवार सिरहा र सप्तरी गरी मधेसका आठै जिल्लामा विजयी जुलुस निकाल्ने जनकपुर बोल्ट्सले जनाएको छ ।

गत शनिबार सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि हात पारेको थियो । मधेसको प्रतिनिधित्व गरेका जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जितेपछि समर्थकहरू आठै जिल्लामा खुशीयाली मनाएका थिए ।