१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण भएको बताएका छन् ।  

नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय समितिद्वारा आज आयोजित प्रजातन्त्रवादी खेलाडी तथा खेलप्रेमीहरुको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले भने, “स्वस्थ शरीरमा स्वस्थ दिमाग चाहिन्छ भने जस्तै स्वस्थ शरीरका लागि पनि खेलकुदको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ।”

सभापति देउवाले खेलकुद क्षेत्रमा युवा खेलाडीको बाहुल्यता धेरै हुने हुँदा उनीहरूको वृत्ति विकासमा खेल र व्यायामको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। युवा र खेलकुदका विषयलाई पार्टीले प्राथमिकतामा राखेको उनको भनाइ थियो। सभापति देउवाले देशको विभिन्न ठाउँमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डलाई प्रभावकारी रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिए। 

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सरकारले देशका लागि पसिना बगाउने खेलाडीका परिवारको शिक्षामा सहयोग गर्न आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्नेबारे छलफल भइरहेको बताए। खेलमा अनुशासनको महत्त्व सबैभन्दा बढी हुने उल्लेख गर्दै उनले खेलकुदको नियम नमान्ने जुनसुकै खेल संघलाई कारबाही गर्ने बताए। 

कार्यक्रममा काँग्रेस नेता एवं नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय समितिका संयोजक मोहनबहादुर बस्नेतले संघको महाधिवेशन आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने तयारीमा जुट्न आग्रह गरे। उनले ‘सभापति कप फुटबल प्रतियोगिता’को आयोजना गर्ने विषयमा छलफल भइरहेको जानकारी गराए।    

नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेलकुद क्षेत्रमा रहेका  विकृति र बिसंगतीलाई रोक्न संघ ले आवश्यक भूमिका निर्वाह गर्ने बताए। उक्त कार्यक्रममा काँग्रेसका नेताहरू, संघका जिल्ला अध्यक्ष एवं विभिन्न खेलकुद संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो।  

प्रतिक्रिया दिनुहोस