काठमाडौँ । दैलेखको नौमूले गाउँपालिका ६ सल्लेरीमा करेन्ट लागेर १६ बर्षिया बालिका गम्भीर घाइते भएकी छन् । गाउँपालिकाको वडा नम्बर ६ सल्लेरी धामीडाडा सडक नजिकै घाँस काट्ने क्रममा करेन्ट लागेर सपना नेपाली गम्भीर घाइते भएकी हुन् ।
शिव शक्ति माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत सपनालाई बुधबार दिउँसो करिब ४:३५ बजे करेन्ट लागेपछि स्थानीय युवा र वडाध्यक्षले उद्धार गरी नौमूले प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए ।
स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि सपनालाई दैलेख अस्पताल रिफर गरिएको वडा नम्बर ६ का वडाध्यक्ष लालबहादुर चन्दले बताए ।







