काठमाडौँ । पार्टी मुख्यालय च्यासलमा नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ । एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ मा बस्दैछ ।
एमालेको यसअघि बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासन गर्नुका साथै स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई निलम्बन गरेको थियो ।







