१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृष्णप्रसाद सिटौलाले भने-पार्टी र नेता विशेषमा होइन, जनताको पक्षमा संविधान संशोधन हुनुपर्छ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

बुधबार झापाको कचनकवलमा आयोजित पार्टीको कचनकवल-सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता सिटौलाले संविधान संशोधन कुनै पार्टी र व्यक्तिको पक्षमा हुन नहुने पनि बताए । जनताको हितमा बाधा गरेको ठाउँमा संविधान संशोधन हुनुपर्ने बताउँदै सिटौलाले संविधान जारी भएपछि आजसम्मको राज्य सञ्चालनका बारेमा पनि समीक्षा जरुरी रहेको बताए ।

‘हाम्रो विचारलाई वाद गरेर, हामीले अँगालेको नीतिलाई वाद गरेर संविधानले स्थापित गरेको मार्गलाई वाद गरेर कोही अगाडि जान सक्दैन । त्यसैले हामीले भन्ने गरेका छौँ, संविधान संशोधन गरौँ, जनताको पक्षमा । पार्टी विशेषको पक्षमा होइन । नेता विशेषको पक्षमा होइन,’ सिटौलाले भने ।

देशकै ठूलो राजनीतिक दल भएर पनि दोस्रो ठूलो दलका नेतालाई काँग्रेसले प्रधानमन्त्री मानेर अघि बढेको बताउँदै उनले एमालेको नेतृत्वमा भए पनि सैद्धान्तिक र नीतिगत रूपमा देशलाई अघि बढाउने सन्दर्भमा काँग्रेसकै नीतिगत नेतृत्व भएको उनको दाबी थियो ।

‘ओलीजीले सरकारको नेतृत्व गर्नुभएको छ । आजको दिनमा पनि नेपालमा सबैभन्दा ठूलो पार्टी गएको निर्वाचनको मात्रै तुलना गर्ने हो भने नेपाली काँग्रेस पार्टी सबैभन्दा ठूलो र शक्तिशाली पार्टी छ । स्थानीय तहमा पनि र सबैतिर हामी ठूलो पार्टी छौँ,’ उनले भने, ‘हामी ठूलो पार्टी भएर पनि दोस्रो पार्टी एमालेको नेतालाई प्रधानमन्त्रीमा समर्थन गरेका छौँ । सरकारमा सामेल भएका छौँ । सरकार एमालेको नेतृत्वमा भए पनि सैद्धान्तिक र नीतिगत रूपमा देशलाई अघि बढाउने सन्दर्भमा नेपाली काँग्रेसको नीतिगत नेतृत्व रहनेछ ।’

प्रतिक्रिया दिनुहोस