१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपक्षी छ दलको बैठक जारी

अ+ अ-

काठमाडौँ । नयाँ बानेश्वरको संघीय संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा विपक्षी ६ दलको बैठक बसेको छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीका शीर्ष नेताहरू बैठकमा सहभागी छन्।

बैठकपछि शुक्रबार अपराह्न ३ बजे संसद भवनभित्रको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेको विपक्षी दलहरूले जानकारी दिएका छन्।

सरकारको कामकारबाहीप्रति असन्तुष्ट रहँदै आएका विपक्षी दलहरू पछिल्लो पटक सरकाले अध्यादेश जारी गरेपछि थप रुष्ट छन्।

बुधबार पनि विपक्षी दलहरूको बैठक बसेको थियो। बैठकले सरकारले हिउँदे अधिवेशन बोलाउन विलम्ब गरिरहेको निष्कर्ष निकाल्दै सदन आह्वान गर्न दबाब दिने निर्णय गरेको थियो।

त्यस्तै बैठकले सरकाले सदन छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको भन्दै आपत्ति प्रकट गरेको थियो। सदनमा विचाराधीन विधेयक पनि अध्यादेशका रूपमा जारी गरिनु गैर संवैधानिक भएको भन्दै बैठकले आपत्ति प्रकट गरेको थियो।

शुक्रबार पनि यसै विषयमा छलफल गर्ने र साझा धारणामा रूपमा पत्रकार सम्मेलन गर्न लागिएको नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस