२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई करोड ६३ लाख नाघ्यो मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या

अ+ अ-

काठमाडौँ । मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड ६३ लाख नाघेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ६३ लाख ३६ हजार ११७ जना पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८० को पुस मसान्तसम्म २ करोड ३२ लाख १५ हजार १८० मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको थियो । त्यसअघि २०८० को असारसम्म यस्तो सङ्ख्या २ करोड १३ लाख ६३ हजार ९८९ रहेको थियो । त्यसयता मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या निरन्तर बढिरहेको छ ।

वालेट प्रयोगकर्ताहरूको सङ्ख्या पनि उल्लेख्य बढेको छ । नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक वर्षमै ४३ लाख भन्दा बढी थपिएको छ । २०८० को पुसदेखि २०८१ को पुससम्म आइपुग्दा ४३ लाख ५१ हजार ६५५ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् ।

२०८० को पुससम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड १२ लाख २८ हजार ५२९ थियो । उक्त सङ्ख्या २०८१ को पुससम्म आइपुग्दा दुई करोड ५५ लाख ८० हजार १८४ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

चालू आवको पुससम्म आइपुग्दा डेबिट कार्ड प्रयोगकर्ताको सङ्ख्या एक करोड ३३ लाख लाख ६३ हजार १७४ पुगेको छ भने क्रेडिट कार्ड प्रयोगकर्ताको सङ्ख्या ३ लाख ६ हजार ६०५ पुगेको छ । यसका साथै प्रिपेड कार्ड प्रयोगकर्ताको सङ्ख्या २ लाख १९ हजार ६९७ पुगेको छ ।

त्यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २१ लाख १८ हजार ३८४ पुगेको छ । कनेक्ट आईपीएस प्रयोगकर्ताहरूको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

२०८० को पुस मसान्तसम्म ११ लाख ९७ हजार ७०५ जना कनेक्ट आईपीएस प्रयोगकर्ता रहेकोमा उक्त सङ्ख्या २०८१ को पुससम्म आइपुग्दा १३ लाख ६४ हजार ९८८ पुगेको राष्ट्र बैंकले जनाएको छ ।