काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. रेखा मानन्धर र डा. करिश्मा मल्ल वैद्यलाई एघारौँ तहमा बढुवा सिफारिस गरेको छ।
मन्त्रालयको बढुवा समिति सचिवालयले आज सूचना प्रकाशित गर्दै लोक सेवा आयोगको २०८१ असोज ३० गतेको सूचनाका आधारमा उनीहरूलाई प्रमुख कन्सल्टेन्ट प्याथोलोजिष्ट पदमा बढुवाका लागि सिफारिस गरिएको जनाएको छ।
बढुवा समितिको २०८१ माघ २४ गते बसेको बैठकले कार्यक्षमताको मूल्याङ्कन प्रक्रियामार्फत बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।








