काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ। काठमाडौँमा जारी महाधिवेशनमा डा. बाबुराम भट्टराईलाई नेत्र चापागाईँले चुनौती दिँदै छन्।
उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन्। महिला र दलित उपाध्यक्ष निर्विरोध भएपछि अन्यमा चुनावी प्रतिस्पर्धा हुँदैछ।
महासचिवमा जिएस गुरुङ (घमानम सिंह) र सोनाम सिं स्याङतान प्रतिस्पर्धा गर्दैछन्।